

अमेरिकाको मिसौरीमा विमान दुर्घटना : ११ स्काइडाइभरसहित १२ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको मिसौरी राज्यमा भएको सानो विमान दुर्घटनामा ११ जना स्काइडाइभर र एक पाइलटसहित १२ जनाको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार स्काइडाइभिङ कम्पनीले भाडामा लिएको ‘प्यासिफिक एरोस्पेस पी–७५०’ मोडेलको विमान आइतबार स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे उडेको थियो। उडानका क्रममा विमानले आवश्यक उचाइ लिन नसकेपछि अचानक बायाँ मोडिएर बटलर मेमोरियल विमानस्थल नजिक दुर्घटनामा परेको जनाइएको छ।
बेट्स काउन्टी आपत्कालीन व्यवस्थापन कार्यालयका अनुसार विमान दुर्घटनास्थल विमानस्थलबाट करिब २०० यार्ड टाढा रहेको थियो। विमानमा सवार सबै १२ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
बेट्स काउन्टीका शेरिफ चाड एन्डरसनले घटनालाई ठूलो मानवीय क्षति भएको बताएका छन्। दुर्घटनाग्रस्त विमान व्यावसायिक यात्रुवाहक नभई स्काइडाइभिङका लागि प्रयोग हुने सानो विमान रहेको उनले जानकारी दिए।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दुर्घटनाको समयमा हवाई यातायात नियन्त्रण सेवा उपलब्ध थिएन। दुर्घटनाको अनुसन्धान अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)ले गरिरहेको छ भने एफएएले सहयोग गरिरहेको जनाएको छ।
हालसम्म मृतकहरूको पहिचान सार्वजनिक गरिएको छैन। उद्धार तथा अनुसन्धान टोलीले घटनाको थप विवरण संकलन गरिरहेको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





