अख्तियारमाथि राजनीतिकरणको आरोप, ठूला भ्रष्टाचार फाइल खोल्न सांसद शाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि विगत लामो समयदेखि राजनीतिक प्रभाव र निष्क्रियताको आरोप लगाउँदै ठूला भ्रष्टाचारका फाइलहरू तत्काल खोल्न सरकारसँग माग गरेका छन्।

सांसद शाहीले ३५ वर्षदेखि अख्तियार राजनीतिकरणको चपेटामा परेर ठूला भ्रष्टाचारीहरूलाई संरक्षण गर्दै आएको आरोप लगाउँदै “रक्षक नै भक्षक बनेको” टिप्पणी गरेका छन्।

उनका अनुसार एनसेल, वाइडबडी, मेलम्ची लगायत करिब ६५ वटा ठूला भ्रष्टाचारका फाइलहरू अख्तियारको दराजमै थन्किएर बसेको र ती फाइलहरू धुलो लागेर निष्क्रिय अवस्थामा पुगेको स्थिति रहेको दाबी गरेका छन्।

शाहीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ती सबै फाइलहरू तत्काल खोल्न र “ठूला माछा” भनिएका भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही अघि बढाउन आग्रह गरेका छन्।

“बाँधेर हुन्छ कि थुनेर हुन्छ, एनसेल, वाइडबडी, मेलम्ची लगायत ६५ वटा ठूला भ्रष्टाचारका फाइलहरू अख्तियारको दराजमा धुलो लागेर मुसाले काटिसक्यो। तत्काल खोल्न लगाएर ठूला माछालाई क्राप झ्याप पार्नुहोस्,” उनले भने।

शाहीले यस अभियानमा आफूहरू सरकारलाई साथ दिन तयार रहेको पनि बताएका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
294 Shares