आर्थिक बिद्येयक २०८३ मा भएका व्यवस्थाहरु बिषयक अन्तरक्रिया

नेपालगञ्ज/ आर्थिक बिद्येयक २०८३ मा भएका व्यवस्थाहरु बिषयक अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।

आन्तरिक राजस्व नेपालगञ्ज र बास नेपालको संयुक्त आयोजनामा सो अन्र्तक्रिया सम्पन्न भएको हो ।
नयाँ आर्थिक ऐन र बिधेयकमा भएको व्यवस्था, करको दायरा, छुट लगायतका बिषयमा सरोकारवालाहरु बिच छलफल गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्ण न्यौपानेले बताए । उनले करदातामैत्री कर प्रशासन र व्यवहारका लागि हातेमालो गरिरहेको बताए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न पेशा, व्यवसाय क्षेत्रमा संलग्न ५० बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नयाँ आर्थिक ऐन र बिधेयकमा भएको व्यवस्था, करको दायरा, छुटको बारेमा आन्तरिक राजस्व कार्यालय नेपालञ्जका कर अधिकृत उदय राम केसीले प्रशिक्षण दिएका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले स्वागत गरेको कार्यक्रममा बिभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरुले बिभिन्न प्रश्नहरु गरेका थिए । प्रश्नहरुको उत्तर आन्तरिक राजस्व कार्यालय नेपालञ्जका कर अधिकृत उदय राम केसीले दिएका थिए ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
252 Shares