

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आजदेखि सुरु, प्रतिवेदन र प्रस्तावमाथि छलफल हुने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहानदेखि बन्दसत्र चितवनस्थित प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ। बिहान ८ः३० बजेबाट सुरु हुने बन्दसत्रको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ।
बन्दसत्रमा दिनभर विभिन्न प्रतिवेदन, प्रस्ताव र नीतिगत विषयमाथि छलफल तथा अनुमोदन हुने कार्यतालिका तय गरिएको छ। प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुई हल बन्दसत्रका लागि तयारी गरिएको छ भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था मिलाइएको छ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन, महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदन तथा सहमहामन्त्री बिपिनकुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई अनुमोदनका लागि पेश गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसमा छलफल र अनुमोदन गराउने कार्यक्रम रहेको छ।
कार्यतालिकाअनुसार दिउँसो १ः१५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। त्यसपछि आयोजक समितिले महाधिवेशनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।
भोजन अवकाशपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया तथा निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बन्दसत्रमा सहभागी ४ हजार २११ प्रतिनिधि, सुपरिवेक्षक र स्वयंसेवकका लागि आज र भोलि सोही स्थलमा भोजनको व्यवस्था गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





