एक वर्ष अगाडि प्रधानमन्त्रीसमक्ष बैंक ठगी तथा जग्गा लिलामी रोक्न माग गर्दै निवेदन,कार्यान्वयन फुस्सा

काठमाडौँ । एक नेपाली नागरिकले कुमारी बैंकका कर्मचारी र बिचौलियाको मिलेमतोमा आफू र आफ्नो परिवारमाथि ठगी भएको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन्।

ललितपुरका रोबिन महर्जनले २०८० सालमा विदेश अध्ययनका लागि आवश्यक पर्ने करिब ७० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टीको प्रक्रियामा जाँदा आफू ठगीमा परेको आरोप लगाएका हुन्। उनले बैंकका एक जनसम्पर्क अधिकारी (रिजिनल म्यानेजर) राजेश महर्जनले कागजात संकलनदेखि कम्पनी दर्ता, कर्जा प्रक्रिया र धितो व्यवस्थासम्ममा झुक्याएर हस्ताक्षर गराएको दाबी गरेका छन्।

निवेदनमा उल्लेख अनुसार, पीडित पक्षलाई “Student Loan” तथा अन्य सुविधा मिलाइदिने भन्दै विभिन्न कागजातमा हस्ताक्षर गराइएको र पछि ती कागजातको दुरुपयोग गरी कम्पनी खडा गरिएको तथा सम्पत्ति धितोमा राखिएको आरोप छ। साथै, बैंकले आफूहरूबाट कुनै वास्तविक कर्जा नलिएको अवस्थामा पनि जग्गा लिलामी प्रक्रिया अघि बढाएको दाबी गरिएको छ।

पीडितले आफ्नो श्रीमतीको नाममा रहेको ललितपुर–भैंसेपाटीस्थित जग्गा धितो राखेर ‘collateral replacement’ प्रक्रिया अपनाइएको तर आफूहरूलाई भ्रममा पारिएको बताएका छन्। उनले बैंकले पछि सम्पर्क नगरी एकतर्फी रूपमा जग्गा लिलामीको चेतावनी दिएको र कालोसूचीमा राख्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्।

निवेदनमा बैंकका केही कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूको संलग्नतामा आफूहरू ठगिएको भन्दै सम्पूर्ण प्रक्रिया रोक्न, जग्गा फुकुवा गर्न र कालोसूचीबाट हटाउन सरकारसँग आग्रह गरिएको छ।

यसैबीच प्रधानमन्त्री कार्यालयले उक्त निवेदन सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि पठाएको कागजातमा उल्लेख गरिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
237 Shares