

कुमारी बैंकका कर्मचारीमाथि ठगी आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरी तर छानबिन फुस्सा
काठमाडौँ । ललितपुरका एक नागरिकले कुमारी बैंकका कर्मचारी र बिचौलियाको मिलेमतोमा आफू ठगीमा परेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन्। निवेदनपछि उक्त विषय आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको बताइएको छ।
पीडित रोबिन महर्जनले २०८० सालमा विदेश अध्ययनका लागि आवश्यक पर्ने करिब ७० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी प्रक्रियामा जाँदा आफू ठगीमा परेको आरोप लगाएका हुन्। उनले कुमारी बैंकका एक जनसम्पर्क अधिकारी (रिजिनल म्यानेजर) राजेश महर्जनसहित केही व्यक्तिको संलग्नतामा कागजात संकलनदेखि कम्पनी दर्ता, कर्जा प्रक्रिया र धितो व्यवस्थासम्मका क्रममा झुक्याएर हस्ताक्षर गराइएको दाबी गरेका छन्।
निवेदनमा उल्लेख भएअनुसार “Student Loan” तथा अन्य सुविधा उपलब्ध गराइदिने बहानामा विभिन्न कागजातमा हस्ताक्षर गराइएपछि ती कागजातको दुरुपयोग गरी कम्पनी खडा गरिएको तथा सम्पत्ति धितोमा राखिएको आरोप लगाइएको छ। साथै, वास्तविक रूपमा कर्जा नलिएको अवस्थामा पनि जग्गा लिलामी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।
पीडित पक्षले श्रीमतीको नाममा रहेको ललितपुर–भैंसेपाटीस्थित जग्गा धितो राखेर ‘collateral replacement’ प्रक्रिया अपनाइएको भए पनि आफूहरूलाई भ्रममा पारिएको आरोप लगाएका छन्। उनीहरूले बैंकले एकतर्फी रूपमा जग्गा लिलामीको चेतावनी दिएको र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन्।
निवेदनमा बैंकका केही कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूको संलग्नतामा प्रक्रिया दुरुपयोग भएको दाबी गर्दै सम्पूर्ण प्रक्रिया रोक्न, जग्गा फुकुवा गर्न र कालोसूचीबाट हटाउन सरकारसँग आग्रह गरिएको छ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त निवेदन सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि पठाएको कागजातमा उल्लेख छ। घटनाबारे थप छानबिन तथा आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
यस विषयमा सम्बन्धित पक्ष तथा कुमारी बैंक लिमिटेडको औपचारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।


समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





