

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर उच्च विन्दुमा कायम रहँदा एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा तथा बिक्रीदर २०० रुपैयाँ ९३ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा रहेको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३८ पैसा तोकिएको छ।
एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३२ पैसा र बिक्रीदर २२ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २७ पैसा तथा बिक्रीदर ४० रुपैयाँ ४३ पैसा कायम हुँदा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा तोकिएको छ।
त्यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ।
मध्यपूर्वका मुद्राहरूमा कुवेती दिनार सबैभन्दा महँगो देखिएको छ। एक कुवेती दिनारको खरिददर ४९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ३९ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६४ पैसा तथा ओमानी रियालको खरिददर ३९२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २८ पैसा कायम गरिएको छ।
त्यस्तै, हङ्कङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही फरक पर्न सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





