

आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम
काठमाडौँ । देशका विभिन्न भूभागमा मनसुनी वायु सक्रिय रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसमविद्का अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने तातो लहर (हिटवेभ) को प्रभाव कायम रहने देखिएको छ।
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिक बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो वर्षा र चट्याङको सम्भावना
आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ भने मधेस प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
तराईतर्फ कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
तातो लहरको जोखिम कायम
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा आज पनि तातो लहरको अवस्था रहने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा अत्यधिक गर्मीका कारण ‘तातो दिन’ अनुभव हुन सक्ने मौसमविद्ले बताएका छन्।
राति पनि वर्षाको सम्भावना
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना छ। मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
महाशाखाका अनुसार रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्ले चट्याङ, वर्षा र तातो लहरको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





