आजको मौसम : पूर्वी नेपालमा वर्षा, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशका विभिन्न भूभागमा मनसुनी वायु सक्रिय रहे पनि अधिकांश क्षेत्रमा अझै पूर्ण रूपमा मनसुन फैलिन सकेको छैन। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश भूभागमा आंशिक बदली छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तराई क्षेत्रमा पनि मौसम सक्रिय रहने देखिएको छ। कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर (हिटवेभ) को अवस्था कायम रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मीका कारण ‘तातो दिन’ अनुभव हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका तराईका एक–दुई स्थानमा राति पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन तथा तातो लहर प्रभावित क्षेत्रमा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
478 Shares