

काठमाडौं उपत्यकामा २४ घण्टामै २,६४१ चालक कारबाही, २२ लाखभन्दा बढी राजस्व संकलन, ट्राफिक व्यवस्थापनमा कडाइ जारी
काठमाडौं ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ६४१ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४७ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १५४ जना तथा तीव्र गतिमा सवारी चलाउने १२२ जना चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन उल्लंघन गर्ने ११९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११२ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११९ जना र एकतर्फी सडकमा सवारी चलाउने १०० जना चालक पनि कारबाहीमा परेका छन्।
अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ६८८ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी र कडाइका साथ कारबाही अभियान सञ्चालन गरिरहेको छ।
यसैबीच, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एसएसपी सुरेश काफ्लेको निर्देशनपछि उपत्यकामा निगरानी र कारबाही दुवै थप व्यवस्थित र सक्रिय बनेको प्रहरी स्रोतले जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





