सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क क्षेत्रमा बसोबास गर्दै आएका १९ वर्षीय विज्ञान शर्मा तिमलसिना रहेका छन्।

प्रहरीका अनुसार पीडित महिलाको अश्लील तस्बिर तथा भिडियो दुरुपयोग गर्दै सामाजिक सञ्जाल प्लेटफर्म डिस्कोर्ड र टेलिग्राममा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

तिमलसिनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको व्यक्तिगत गोपनीयता, प्रतिष्ठा तथा चरित्रमा आँच पुग्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
159 Shares