

निर्जला एकादशी आज : कठोर व्रत, दान र विष्णु आराधनाको विशेष महत्व
काठमाडौँ । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशीका रूपमा मनाइन्छ। श्रीहरि विष्णुको प्रिय तिथि मानिने यस दिन भक्तजनले भगवान् नारायणको विशेष पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।
धार्मिक मान्यताअनुसार आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी जलसमेत त्यागेर कठोर व्रत बस्ने विधान छ। पूर्ण उपवाससहित जल वा सर्वतले भरिएको घडा दान गरेमा भगवान् श्रीहरिको कृपा प्राप्त हुने विश्वास शास्त्रमा उल्लेख गरिएको छ।
यस दिन पवित्र स्थानमा तुलसी रोपण तथा पूजन गर्ने परम्परा पनि रहिआएको छ। विशेषगरी हरिशयनी एकादशीमा रोपिएको तुलसीलाई हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिने धार्मिक विश्वास प्रचलित छ।
शास्त्रीय वर्णनअनुसार निर्जला एकादशीको व्रत गर्न नसक्ने व्यक्तिहरूले पनि आज व्रत गरेमा शुभ फल प्राप्त हुने बताइन्छ। शम, दम र दानसहित भगवान् विष्णुको आराधना तथा रात्रि जागरण गर्ने भक्तले सय पुस्तासम्मका पूर्वज र आगामी पुस्तासमेतको उद्धार हुने धार्मिक ग्रन्थमा उल्लेख छ।
यस अवसरमा अन्न, वस्त्र, गाई, जल, शय्या, आसन, कमण्डलु तथा छाता दान गर्नु पुण्यदायी मानिन्छ। व्यासको कथनअनुसार ज्येष्ठ शुक्ल एकादशीमा निर्जल व्रत गरी घडा दान गरेमा मनुष्य भगवान् विष्णुको समीप पुग्ने र आनन्द प्राप्त गर्ने विश्वास छ।
व्रतको समापन द्वादशीका दिन गरिब तथा असहायलाई भोजन गराएपछि मात्र स्वयं भोजन गर्नुपर्ने परम्परा रहेको छ। यसरी व्रत गर्ने व्यक्ति सम्पूर्ण पापबाट मुक्त भई मोक्ष प्राप्त गर्ने धार्मिक मान्यता रहेको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





