काठमाडौँमा मनसुनी प्रभाव सक्रिय, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।

महाशाखाका अनुसार देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हाल एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने कोशी प्रदेशको तराईमा पनि बदली देखिनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

यस अवधिमा हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेको तथा बागमती र गण्डकीका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रसँगै कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्र र बागमती–गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही हिमाली–पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका केही तराई क्षेत्रमा समेत चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सम्भावित तातो हावा र तापक्रम वृद्धिबाट बच्न सतर्कता अपनाउन तथा नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
478 Shares