गृहमन्त्री गुरुङद्वारा लागूऔषध नियन्त्रणका लागि ‘सप्लाई चेन ब्रेक’ गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री सुदन गरुङले लागूऔषधको अवैध ओसारपसार र दुर्व्यसन नियन्त्रणका लागि यसको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै तोड्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट समाजलाई जोगाउन आपूर्ति सञ्जाल ध्वस्त पार्न आवश्यक रहेको उल्लेख गरेका हुन्।

उनका अनुसार लागूऔषधविरुद्धको अभियानलाई केवल औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउनुपर्ने आवश्यकता छ। उनले प्रहरी प्रशासनलाई लागूऔषधको स्रोत र सञ्जालसम्म पुगेर प्रभावकारी नियन्त्रण गर्न निर्देशन दिइएको पनि स्पष्ट पारे।

सन्देशमा भनिएको छ, “क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट जोगाउन यसको ‘सप्लाई चेन ब्रेक’ गर्न जरुरी छ। यसका लागि प्रहरी प्रशासनलाई जरैसम्म पुगेर नियन्त्रण गर्न सक्रिय हुन निर्देशन दिइएको छ।”

गृहमन्त्री गुरुङले लागूऔषधको अवैध ओसारपसारलाई केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक क्षति र जनस्वास्थ्यमा गम्भीर असर पार्ने सीमा पारसँग जोडिएको सङ्गठित अपराधका रूपमा चित्रण गरेका छन्।

उनले विभिन्न अध्ययन प्रतिवेदनले लागूऔषध ओसारपसारको प्रवृत्ति बढ्दो देखाएकाले यसलाई गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताए।

साथै, उनले लागूऔषध नियन्त्रण सरकारको मात्र दायित्व नभएको उल्लेख गर्दै स्थानीय समुदाय, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज तथा सञ्चारमाध्यमलाई समेत सचेतना र रोकथाम अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

उनले विशेषगरी युवा पुस्तालाई लागूऔषधको दुष्चक्रबाट जोगाउँदै सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको पनि जोड दिएका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
267 Shares