

नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित पाँच जनाले पाए सफाइ
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीप रायमाझी (पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा) सहित पाँच जनाले अदालतबाट सफाइ पाएका छन्।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सन्दीप रायमाझी, रामशरण के.सी., टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीविरुद्ध लगाइएको अभियोग पुष्टि हुने पर्याप्त तथ्यगत आधार नदेखिएको ठहर गर्दै सफाइ दिने फैसला गरेको हो।
अदालतको फैसलाअनुसार उनीहरूमाथि अभियोजन पक्षले प्रस्तुत गरेको प्रमाण दोष स्थापित गर्न पर्याप्त नरहेको निष्कर्ष निकालिएको छ।
यही प्रकरणमा भने अदालतले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा पूर्वसचिवसहितका उच्च पदस्थ व्यक्तिहरूलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ। दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण भने अदालतको आगामी आदेशमार्फत तय गरिनेछ।
नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरिएको आरोपमा यो प्रकरण नेपालकै चर्चित आपराधिक मुद्दामध्ये एक मानिन्छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





