एसपी गोविन्दराज काफ्लेद्वारा बढुवा भएका प्रहरी वरिष्ठ नायव निरीक्षक अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

कास्की । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन तथा पदोन्नति पत्र प्रदान गरेका छन् ।

नेपाल प्रहरी मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रअनुसार प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका डिल प्रसाद अधिकारीलाई एसपी काफ्लेले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्दै पदोन्नति पत्र प्रदान गरेका हुन् ।

बढुवा पश्चात् पदस्थापन भई जिल्ला प्रहरी कार्यालय कास्कीको रवाना पत्रसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीमा हाजिर भएका प्रहरी वरिष्ठ नायव निरीक्षक अधिकारीलाई एसपी काफ्लेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा एसपी काफ्लेले बढुवा जिम्मेवारीसँगै संगठनप्रतिको उत्तरदायित्व थपिएको उल्लेख गर्दै प्रहरी सेवामा अनुशासन, इमान्दारिता, व्यावसायिकता र नागरिकमैत्री व्यवहारलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए ।

कार्यक्रममा कार्यालयका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । एसपी काफ्लेले प्रहरी संगठनको गरिमा कायम राख्दै ट्राफिक व्यवस्थापन तथा राजमार्ग सुरक्षालाई अझ प्रभावकारी बनाउन सबै कर्मचारीलाई समर्पित भएर काम गर्न आग्रह गरे ।

Facebook Comments Box
TOP
182 Shares