

आलोचनापछि गति लिएको भोर्लेटारको सार्वजनिक व्यायामशाला निर्माण अन्तिम चरणमाs
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित लाम्टेको आँपको बगैचामा निर्माणाधीन सार्वजनिक व्यायामशाला निर्माण अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।
परियोजना सुरु हुँदा पर्याप्त पूर्वाधार र सुरक्षा व्यवस्थाबिनै व्यायामका उपकरण जडान गरिएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक आलोचना भएको थियो। “असारे बजेट खर्च गर्ने योजना” र “भैंसी काट्ने ठाउँमा व्यायामशाला” भन्दै परियोजनाको आलोचना गरिएको थियो।
आलोचनापछि नगरपालिकाले निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ। नगर प्रमुख रमेश कुमार पाण्डेको पहलमा कामले गति लिएको र अहिले व्यायामशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाको दाबी छ।
नगरपालिकाका अनुसार व्यायामशाला सञ्चालनमा आएपछि स्थानीय युवा, खेलाडी, विद्यार्थी तथा सर्वसाधारणले सार्वजनिक रूपमा व्यायाम गर्ने सुविधा प्राप्त गर्नेछन्।
यसैबीच, स्थानीयवासीले विकास आयोजना सुरु गर्नुअघि पर्याप्त योजना, स्पष्ट डिजाइन र आवश्यक पूर्वाधार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। निर्माण सम्पन्न भएपछि व्यायामशालाको नियमित मर्मत, सरसफाइ र व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा पनि सरोकारवालाले जोड दिएका छन्।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





