गण्डकीमा औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। यससँगै प्रदेशमा वैज्ञानिक अनुसन्धान, औषधि उत्पादन तथा औद्योगिक कच्चा पदार्थका रूपमा गाँजाको प्रयोगका लागि कानुनी आधार तयार भएको छ।

पारित विधेयकअनुसार गाँजा खेती पूर्ण रूपमा सरकारी नियमन र निगरानीमा सञ्चालन हुनेछ। खेती गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएको मापदण्ड पूरा गरी अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेपछि मात्र तोकिएको क्षेत्रमा खेती गर्न पाउने व्यवस्था गरिएको छ।

विधेयकले गाँजाको उत्पादन, प्रशोधन, भण्डारण, ढुवानी र प्रयोगसम्मका सम्पूर्ण प्रक्रियालाई कानुनी दायराभित्र ल्याएको छ। औषधि उत्पादन, वैज्ञानिक अनुसन्धान र औद्योगिक प्रयोजनबाहेक अन्य उद्देश्यका लागि गाँजाको प्रयोग गर्न पाइने छैन।

सम्भावित दुरुपयोग रोक्न तथा प्रभावकारी नियमनका लागि ‘गाँजा नियमन बोर्ड’ गठन गर्ने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ। बोर्डले अनुमतिपत्र वितरण, अनुगमन, गुणस्तर परीक्षण, सुरक्षा मापदण्ड कार्यान्वयन तथा कानुन पालना गराउने जिम्मेवारी वहन गर्नेछ।

प्रदेश सरकारले यस कानुनले कृषि, औषधि उद्योग, अनुसन्धान, रोजगारी तथा आर्थिक गतिविधिमा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्दै गाँजाको औषधीय र औद्योगिक उपयोगलाई मात्र प्रोत्साहन गरिने जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
281 Shares