

आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
समारोहका अवसरमा आईजीपी कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो। साथै, ब्यूरोमा कार्यरत रहँदा उल्लेखनीय योगदान पुर्याएका अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अपराध अनुसन्धानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा विशिष्ट भूमिका निर्वाह गरेका विभिन्न निकायका व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो।
उक्त अवसरमा आईजीपी कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित ‘CIB Magazine’ को समेत औपचारिक लोकार्पण गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले स्थापनाकालदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरोले जघन्य, संगठित, आर्थिक तथा अन्य जटिल प्रकृतिका अपराधको अनुसन्धानमा निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। उहाँले निष्पक्ष, व्यावसायिक र तथ्यमा आधारित अनुसन्धानमार्फत ब्यूरोले न्यायपूर्ण, सुरक्षित र समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
उहाँले आगामी दिनमा पनि केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाका रूपमा नागरिकको विश्वास अझ सुदृढ बनाउँदै राष्ट्रको न्याय प्रणालीलाई थप प्रभावकारी र सबल बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकृत, पूर्व प्रहरी अधिकारी, विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





