काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडि शुक्रबार भएको बहुसवारी दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर०६डीडी६०६३ नम्बरको कार अनियन्त्रित भई अन्य चार सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकलसमेत क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा घाइते भएका सबै १० जनाको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये कुन्तिमाया लिम्बू को अवस्था गम्भीर रहेको छ भने अन्य नौ जनाको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
217 Shares