

बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेपछि सरकारले प्रभावित जिल्लाका सडकमा जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नागरिकको ज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सम्भावित बाढी र पहिरोको उच्च जोखिम रहेका सडक तथा राजमार्गमा आवश्यक परे सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोक लगाइने बताए।
उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ। सम्बन्धित निकायबाट जोखिम न्यून भएको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालनको अनुमति दिइनेछ।
प्राधिकरणले सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन, अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ। सरकारले मनसुनजन्य विपद्को सम्भावित असर न्यूनीकरण गर्न उद्धार, राहत र आपत्कालीन व्यवस्थापनका सबै संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





