सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २३ वटा ढोका खोलिए

सुनसरी । मनसुन सक्रिय भएसँगै पूर्वी नेपालमा भइरहेको लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन्।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा हाल प्रतिसेकेन्ड १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको छ। पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।

कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये हाल २३ वटा खुला राखिएको छ। जलस्तर खतराको संकेतभन्दा माथि पुगेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी नदी र यसका सहायक नदीहरूको जलस्तर अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
112 Shares