

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस

काठमाडौं । लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो ५ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसँगै आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीयले बताएका छन्। हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।
सम्बन्धित निकायले क्षतिको अवस्था बुझ्ने कार्य जारी रहेको जनाएको छ। भूकम्पपछि सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





