आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मेष- आज कार्य क्षेत्रमा निकै जिम्मेवारीका साथ काम गर्नुपर्ने दिन छ । सेवाग्राही वा सहकर्मीसँग सानो विवाद पनि ठूलो बन्न सक्ने भएकाले संयम अपनाउनुहोस् । प्रतिस्पर्धीहरू अवसरको खोजीमा रहेकाले हरेक निर्णय सोचेर गर्नु राम्रो हुनेछ । आफन्त वा घनिष्ठ साथीसँग भेटघाट हुने सम्भावना छ ।

वृष- सानो प्रयासले पनि राम्रो उपलब्धि मिल्ने दिन छ । बुद्धि र क्षमताको सही प्रयोग गर्न सके रोकिएका काम अघि बढ्नेछन् । टाढा रहेका आफन्त वा सन्तानबाट सुखद समाचार प्राप्त हुन सक्छ । अध्ययन, अनुसन्धान, विज्ञान तथा प्रविधिसम्बन्धी क्षेत्रमा संलग्न व्यक्तिका लागि दिन विशेष फलदायी रहनेछ । सिर्जनशीलता बढ्नेछ ।

मिथुन- घरायसी विषयमा बढी ध्यान जान सक्छ । पारिवारिक जिम्मेवारीका कारण व्यक्तिगत योजनामा केही असर पर्न सक्छ । महत्त्वपूर्ण निर्णय गर्दा परिवारको सल्लाह लिनु उपयुक्त हुनेछ । काममा सामान्य अवरोध आएपनि मेहनतअनुसार परिणाम प्राप्त हुनेछ । प्रियजनसँग कुराकानी भएपनि भेटघाटको अवसर नजुट्न सक्छ।

कर्कट- समयको सही व्यवस्थापन गर्न सके मनमा शान्ति मिल्नेछ । व्यापार व्यवसाय, विशेष गरी रसायन, पेट्रोलियम, रङ तथा पेन्टिङसँग सम्बन्धित क्षेत्रमा लाभ हुने सम्भावना छ । दाम्पत्य जीवनमा खुसी थपिनेछ । पुराना साथीभाइसँग भेटघाट हुन सक्छ । लामो समयदेखि प्रतीक्षा गरेको इच्छा पूरा हुने संकेत देखिन्छ ।

सिंह- बोली र प्रस्तुतीकरण प्रभावकारी रहनेछ । कला, सञ्चार वा अभिव्यक्तिसँग सम्बन्धित क्षेत्रमा सफलता मिल्न सक्छ । आर्थिक लाभको योग रहेको छ । दीर्घकालीन लगानीका लागि अनुकूल समय छ । आयका नयाँ स्रोत खुल्ने सम्भावना छ भने कमाएको धन बचत गर्न पनि सफल हुनुहुनेछ ।

कन्या- आत्मविश्वास बढ्नेछ । मान सम्मान र प्रतिष्ठा बढाउने काममा सफलता मिल्नेछ । कठिन परिस्थितिलाई सहज रूपमा सामना गर्न सकिनेछ । पेसागत उन्नतिका लागि गरिएको प्रयास सफल बन्ने संकेत छ । जीवन साथी वा साझेदारसँग खुलेर संवाद गरे समस्याको समाधान मिल्नेछ ।

तुला- आज आफ्नो काम आफैं गर्नु राम्रो हुनेछ । अरूमाथि धेरै भरोसा गर्दा निराशा हात लाग्न सक्छ । व्यापारमा सावधानी अपनाउनुहोस् । सानो लापरबाहीले आर्थिक नोक्सानी हुन सक्छ । अनावश्यक खर्च बढ्ने सम्भावना छ । अध्ययनमा मन कम लाग्न सक्छ भने चिडचिडापन पनि बढ्न सक्छ ।

वृश्चिक- रोकिएका काम पूरा हुनेछन् । पद, जिम्मेवारी वा प्रतिष्ठा बढ्ने सम्भावना छ । आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन् । सम्बन्धमा विश्वास र समझदारी कायम रहनेछ । अहिले व्यापार वा पेसामा ठूलो परिवर्तन नगरी वर्तमान योजनामै केन्द्रित हुनु लाभदायी हुनेछ ।

धनु- व्यक्तिगत जिम्मेवारी बढ्न सक्छ । परिवार वा जीवनसाथीका लागि पर्याप्त समय निकाल्न कठिन हुन सक्छ । लगानीबाट लाभांश वा बोनस प्राप्त हुने सम्भावना छ । खर्च पनि बढ्ने भएकाले बजेट व्यवस्थापनमा ध्यान दिनुहोस् । फलाम, कोइला, पेट्रोलियम वा यस्तै व्यवसायमा राम्रो आम्दानी हुन सक्छ ।

मकर- धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुने अवसर मिल्नेछ । परिवार र समाजबाट प्रशंसा प्राप्त हुनेछ । अध्ययन तथा शिक्षामा राम्रो प्रगति हुने संकेत छ। शिक्षक, अभिभावक वा अग्रजको सल्लाहले महत्त्वपूर्ण सफलता दिलाउन सक्छ । व्यस्तताका बीच आफ्ना लागि पनि केही समय छुट्याउनु आवश्यक छ।

कुम्भ- स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको चाप रहनेछ । पर्याप्त आराम र पौष्टिक आहारमा ध्यान दिनुहोस् । गोप्य विषय वा महत्त्वपूर्ण जानकारी प्राप्त हुन सक्छ । कसैको बहकाउ वा अवास्तविक आश्वासनमा नलाग्नुहोस् । आर्थिक बोझ बढ्न सक्छ, त्यसैले खर्चमा संयम अपनाउनु बुद्धिमानी हुनेछ ।

मीन- आफ्ना प्रियजनसँग समय बिताउने अवसर मिल्नेछ । जीवन साथी वा प्रेम सम्बन्धमा विश्वास कायम राख्नु आवश्यक छ । कामको चाप बढे पनि मेहनतअनुसार प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्य, विशेष गरी जीवन साथी वा सन्तानका लागि केही समय छुट्याउन सके सम्बन्ध अझ मजबुत बन्नेछ ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१६ घण्टा अगाडि

1.0kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
474 Shares