लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्दै इतिहास रचे एम्बाप्पे

काठमाडौं । फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जितेका छन्। यससँगै उनी लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।

एम्बाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान हात पारे। यसअघि उनले सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए।

प्रतियोगितामा फ्रान्स उपाधि जित्न असफल भए पनि एम्बाप्पेको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रह्यो। लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्नु र विश्वकपमा नयाँ कीर्तिमान कायम गर्नु उनका करिअरका महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
99 Shares