

माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन्।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले बुधबार राति पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गुरुङले राति करिब २ बजेर ५० मिनेटको समयमा आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेकी थिइन्।
प्रहरीका अनुसार घटना भएको थाहा पाएपछि उनका श्रीमान्ले उनलाई तत्काल उद्धार गरेका थिए। हाल उनको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आत्मदाह प्रयास गर्नुको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





