

बाल सुधार गृहको अवस्था चिन्ताजनक, सुरक्षा जोखिम बढ्दो

काठमाडौं । देशभर सञ्चालनमा रहेका बाल सुधार गृहहरूको अवस्था असुरक्षित र जोखिमपूर्ण रहेको भन्दै संसदीय उपसमितिले गम्भीर चासो व्यक्त गरेको छ।
उपसमितिकी संयोजक कर्णका अनुसार भक्तपुर बाल सुधार गृहको अनुगमनका क्रममा एउटै भवनमा महिला र पुरुषलाई राखिएको पाइएको छ, जसले सुरक्षा जोखिम बढाएको छ। यस्तै, भैरहवास्थित बाल सुधार गृहमा १११ जना बालबालिकालाई साँघुरो भवनमा राखिएको तथा एउटै कोठामा ३० देखि ३५ जनासम्म बस्नुपर्ने अवस्था रहेको जनाइएको छ।
उपसमितिले यस्ता अवस्थाले कुनै पनि बेला गम्भीर दुर्घटना वा सुरक्षा समस्या निम्तिन सक्ने भन्दै आवश्यक सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





