

मुग्लिन–नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा, सिमलतालको पहिरो हटाइयो

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको सिमलताल नजिकै खसेको पहिरो हटाएपछि सडक आवागमन पुनः सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ६:३० बजे सिमलताल क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। पहिरोका कारण रोकिएका सवारी साधनहरू केही समय अलपत्र परेका थिए।
सडक अवरुद्ध भएपछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायको पहलमा पहिरो पन्छाउने काम गरिएको थियो। पहिरो हटाएसँगै अहिले सवारी साधनहरू नियमित रूपमा गन्तव्यतर्फ लाग्न थालेका छन्।
पहिरो पन्छाइएपछि मुग्लिन–नारायणगढ सडक खण्डमा आवतजावत सहज बनेको र यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ। वर्षायामका कारण उक्त सडक खण्डमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





