

सूर्य नेपालको कीर्तिमानी कारोबार ३२ अर्ब ३५ करोड रुपैयाँ, होटल व्यवसायमा लगानी गर्ने तयारी

काठमाडौं । नेपालको अग्रणी चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रालिले आर्थिक वर्ष २०२४/२५ मा ३२ अर्ब ३५ करोड रुपैयाँको कीर्तिमानी कारोबार गर्दै नयाँ व्यावसायिक उपलब्धि हासिल गरेको छ।
कम्पनीका अनुसार कुल आम्दानीमध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा चुरोट तथा सुर्तीजन्य उत्पादनको बिक्रीबाट आएको हो।
सूर्य नेपालले यस वर्ष पनि CARE-NP A1+ को उच्चतम क्रेडिट रेटिङ कायम राख्न सफल भएको जनाएको छ। उक्त रेटिङले कम्पनीको बलियो वित्तीय अवस्था, न्यून कर्जा जोखिम तथा ऋणरहित वित्तीय संरचनालाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएको छ। कम्पनीसँग ६ अर्ब रुपैयाँभन्दा बढी तरल सम्पत्ति रहेको जनाइएको छ।
सुर्तीजन्य व्यवसायमाथिको निर्भरता क्रमशः घटाउने रणनीतिअनुसार कम्पनीले अब आफ्नो लगानी अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्नै आन्तरिक स्रोतबाट नेपालको होटल तथा आतिथ्य उद्योगमा लगानी गर्ने तयारी गरेको जनाएको छ।
यससँगै कम्पनीले ‘मरानी’ (Marani) ब्रान्डमार्फत उच्च गुणस्तरको नेपाली मह अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न पनि सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार विविधीकरण रणनीतिले नयाँ आम्दानीका स्रोत विस्तार गर्नुका साथै दीर्घकालीन रूपमा सुर्तीजन्य व्यवसायमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
व्यवसाय विस्तार, बलियो वित्तीय अवस्था तथा नयाँ क्षेत्रमा लगानीको योजनासँगै सूर्य नेपालले आफ्नो दीर्घकालीन व्यावसायिक रणनीतिलाई थप फराकिलो बनाउने संकेत दिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





