देवानगन्जमा कर्फ्यु उल्लङ्घनपछि सेना परिचालन, सर्वपक्षीय बैठक जारी

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।

आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन उग्र बनेपछि सुरक्षा व्यवस्था थप कडा पार्दै सेना परिचालन गरिएको प्रशासनले जनाएको छ।

यस्तै, घटनापछि उत्पन्न अवस्थालाई सहज बनाउने उपायबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक पनि जारी रहेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
141 Shares