राजसंस्था पुनःस्थापनाको माग गर्दै ‘शाही युवा शक्ति नेपाल’द्वारा डिजिटल हस्ताक्षर अभियान सुरु

काठमाडौं । ‘शाही युवा शक्ति नेपाल’ले नेपालमा राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनःस्थापना गर्न माग गर्दै देशव्यापी डिजिटल हस्ताक्षर अभियान सुरु गरेको जनाएको छ।

संगठनले पूर्व राजाको निर्देशन र समन्वयमा अभियान सञ्चालन गरिएको दाबी गरेको छ। अभियानमार्फत प्रविधिको प्रयोग गरी देशभरका नागरिकबाट डिजिटल हस्ताक्षर संकलन गरेर राजसंस्था पुनःस्थापनाको पक्षमा जनसमर्थन जुटाउने लक्ष्य राखिएको बताइएको छ।

यस अभियानको नेतृत्व ‘शाही युवा शक्ति नेपाल’ले गरिरहेको जनाएको छ।

Facebook Comments Box
TOP
488 Shares