विराटनगर पुगे डिआईजी शेखर खनाल, कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

विराटनगर । प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा पदभार ग्रहण गर्दै प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंको साउन ११ गतेको पत्रादेशअनुसार सरुवा भई कोशी प्रदेश प्रहरी कार्यालयमा हाजिर भएका डिआईजी खनालले औपचारिक रूपमा प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणसँगै डिआईजी खनालले प्रदेशको शान्ति–सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा नागरिकमैत्री प्रहरी सेवालाई थप सुदृढ बनाउन आफ्नो नेतृत्व केन्द्रित रहने विश्वास व्यक्त गरेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयले नयाँ नेतृत्वसँगै प्रदेशभर सुरक्षा व्यवस्थापन, सेवा प्रवाह र प्रहरी संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
475 Shares