प्रोटोटाइपमै रोकिएका अनुसन्धानलाई सरकारको साथ, नवप्रवर्तकलाई सहयोग गर्ने मन्त्री महावीर पुनको घोषणा

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले स्रोत–साधनको अभावका कारण प्रोटोटाइपमै सीमित भएका अनुसन्धानकर्ता तथा नवप्रवर्तकलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

मन्त्री पुनले विगतमा विभिन्न उपयोगी वस्तु तथा सेवाका प्रोटोटाइप तयार गरे पनि आर्थिक तथा प्राविधिक स्रोतको अभावका कारण कामलाई अगाडि बढाउन नसकेका व्यक्तिहरूलाई प्राथमिकताका साथ सहयोग गरिने स्पष्ट पारे।

उनका अनुसार देशभित्र रहेका प्रतिभाशाली अनुसन्धानकर्ता र नवप्रवर्तकका सिर्जनात्मक सोच तथा आविष्कारलाई व्यावहारिक रूपमा विकास गर्न आवश्यक वातावरण निर्माण गर्नु सरकारको प्राथमिकतामा रहेको छ।

मन्त्री पुनले नवप्रवर्तन, अनुसन्धान तथा प्रविधि विकासलाई प्रोत्साहन गर्दै उपयोगी आविष्कारलाई उत्पादन र सेवामा रूपान्तरण गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारको यो पहलले लामो समयदेखि स्रोत अभावका कारण रोकिएका अनुसन्धान तथा नवप्रवर्तनका परियोजनाले नयाँ गति पाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
477 Shares