नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठको निधनको जानकारी दिएका हुन्। उनका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले गत साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए।

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक मानिन्थे। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
312 Shares