

सुनसरी घटनामा संयमता अपनाउन गगन थापाको आग्रह, प्रधानमन्त्रीलाई सर्वदलीय बैठक बोलाउन सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीसहित देशका विभिन्न स्थानमा विकसित तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सबै पक्षलाई आवेग र उत्तेजनामा नआई धैर्य, संयम र संवादको बाटो अपनाउन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको साझा सम्पत्ति भएकाले त्यसको संरक्षणका लागि राजनीतिक दल, प्रशासन, सञ्चारमाध्यम र नागरिक सबैको साझा प्रयास आवश्यक रहेको बताए।
उनले नेपाली कांग्रेसले आफ्ना नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई निरन्तर संयमता अपनाउन निर्देशन दिइरहेको उल्लेख गर्दै अन्य दलले पनि यस्तै पहल गरिरहेको बताए। अब ती सबै प्रयासलाई साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
थापाले संकटका बेला सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर राष्ट्रिय प्रयासको नेतृत्व गर्न सुझाव दिए।
सुनसरी घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले कुनै एक पक्षलाई मात्र दोषारोपण गरेर समस्या समाधान नहुने बताए। राजनीतिक विवादभन्दा सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





