पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यमा सुधार, उपचार जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

मंगलबार साँझ अचानक तीव्र चक्कर आउने र वान्ता भएपछि उहाँलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। हाल चिकित्सकको निगरानीमा उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिनुभएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. भट्टराईको भित्री कान (Inner Ear) मा समस्या देखिएको छ। सचिवालयले आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट भने सामान्य रहेको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
412 Shares