

देवानगञ्ज घटनापछि भारतसँग जोडिएका कोशीका सीमा नाकामा उच्च सुरक्षा, परिचयपत्र अनिवार्य

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेशका भारतसँग जोडिएका प्रमुख सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित घुसपैठ, अवैध हातहतियार तथा लागुऔषध ओसारपसार रोक्न सुरक्षा निकायले विशेष निगरानी बढाएको जनाएको छ।
अब भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा परिचयपत्र (आईडी कार्ड) देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइनेछ। साथै, सीमा क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी शंकास्पद गतिविधिमाथि कडा निगरानी राखिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
देवानगञ्ज घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे समीक्षा गर्न बसेको सर्वपक्षीय बैठकमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन, अफवाह नफैलाउन तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





