सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु कायम, मृतक परिवारसँग पुनः वार्ताको तयारी

सुनसरी— सुनसरीका १० स्थानीय तहमा आज पनि दिनभर कर्फ्यु आदेश कायम रहने भएको छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेशलाई निरन्तरता दिएको हो।

प्रशासनका अनुसार सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेकाले कर्फ्यु हटाउने निर्णय गरिएको छैन।

सुरक्षा स्रोतका अनुसार आज दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारसँग पुनः छलफल गर्ने तयारी गरेको छ। घटनाको पाँच दिन बितिसक्दा पनि प्रशासन र मृतक परिवारबीच सहमति हुन नसक्दा मृतकको शव अझै अस्पतालमै राखिएको छ।

मृतकका परिवारले मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कानुनी कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। साथै, सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ।

Facebook Comments Box
TOP
147 Shares