

प्रधानमन्त्रीलाई संवाद गर्न प्रचण्डको आग्रह, ‘संवादले कद घट्दैन’

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिपक्षसँग संवाद र सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा संवादबाट समस्या समाधान हुने उल्लेख गर्दै संवादले प्रधानमन्त्रीको कद नघट्ने बताएका हुन्।
प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई तिहाइ बहुमतको दम्भ नपाल्न पनि चेतावनी दिए।
उनले नेपालमा जटिल राजनीतिक परिस्थितिको समाधानका लागि अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको अभाव नरहेको उल्लेख गर्दै उनीहरूसँग परामर्श र संवाद गर्न प्रधानमन्त्रीलाई कुनै संकोच हुन नहुने बताए।
सम्बोधनका क्रममा प्रचण्डले आफूलाई बोलाएर विगतका अनुभवबारे छलफल गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे। भ्रष्टाचारविरुद्धको अभियान सफल हुन नसक्नुका कारणबारे छलफल गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवादबाट टाढा रहनु अहंकारका कारण हो भने त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे।
प्रचण्डले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि राजनीतिक दलबीच संवाद, सहकार्य र परामर्शलाई प्राथमिकता दिन आवश्यक रहेको भन्दै सरकारलाई प्रतिपक्षसँग सहकार्यको वातावरण निर्माण गर्न आग्रह गरे।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





