

सुनसरी घटनाको प्रभाव सिरहासम्म, झडपपछि गोली चल्दा दुई जना घाइते

सिरहा, सुनसरीमा भएको साम्प्रदायिक तनावको प्रभाव सिरहासम्म पुगेपछि दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ। घटनापछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन्।
प्रदर्शन उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर दुई जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
झडपका क्रममा प्रदर्शनकारीहरूले एक मोटरसाइकल ग्यारेजमा आगजनी गरेका छन्। आगलागीबाट ११ वटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
सुरक्षा अवस्था थप संवेदनशील बनेपछि प्रशासनले कर्फ्यु लागू गर्दै अतिरिक्त सुरक्षा बल परिचालन गरेको छ। सम्भावित अप्रिय घटना रोक्न संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी पनि बढाइएको छ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





