प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न, सुनसरी घटनापछि सुरक्षा अवस्था समीक्षा

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। बैठकमा साउन १० गते सुनसरीमा भएको घटनापछि विकसित सुरक्षा अवस्था तथा देशको समग्र सुरक्षा परिस्थितिबारे विस्तृत समीक्षा गरिएको छ।

बैठकले सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वयलाई थप सुदृढ गर्ने निर्णय गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको छ।

यसैगरी, विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी खोज, उद्धार तथा राहतका कार्यलाई समयमै सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। सरकारले सुरक्षा अवस्था सामान्य बनाउन आवश्यक सबै निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएको जनाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares