

प्रधानमन्त्री बालेन शाहद्वारा मधेशकेन्द्रित दलसँग छलफल, सुनसरी घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता

काठमाडौं, साउन १५ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुनसरीसहित तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमबारे मधेशकेन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल गर्नुभएको छ।
करिब साढे दुई घण्टा चलेको छलफलपछि राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीले सबै पक्षको कुरा ध्यानपूर्वक सुनेको र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।
महतोले सुनसरी घटनामा कम्मरमाथि गोली चलाइएको विषय उठाउँदै यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने र परिवर्तनको प्रतिवद्धता व्यवहारमा देखिनुपर्ने धारणा राख्नुभएको थियो। साथै, मधेशले दिएको विश्वासलाई सम्मान गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको उहाँले बताउनुभयो।
जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले प्रधानमन्त्रीले पहिलोपटक मधेशकेन्द्रित दललाई औपचारिक छलफलका लागि बोलाउनु सकारात्मक भएको बताउनुभयो। उहाँले सुनसरीको घटनालाई सामान्य घटना ठानेर नहुने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा राख्नुभयो।
राउतले यस्ता संवेदनशील घटनामा सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, धार्मिक संवेदनशीलतासम्बन्धी तालिम तथा अन्तरधार्मिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएको जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको सहभागी नेताहरूले जनाएका छन्।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





