

गोठाटारमा भीषण आगलागी : १४ वटा सटर जले, एक जना घाइते

काठमाडौँ । काठमाडौँ महानगरसँग जोडिएको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भएको भीषण आगलागीमा १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ। विद्युत सर्ट (सर्ट सर्किट) का कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट राति करिब ९ः१५ बजे सुरु भएको आगलागी झण्डै दुई घण्टापछि राति ११ः०० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी उपरीक्षक दान बहादुर थापाको कमाण्डमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको नेतृत्वमा २५ जना तथा सशस्त्र प्रहरी बल सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षक हेराम कुँवरको कमाण्डमा ५० जना गरी १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगो निभाउन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
आगो नियन्त्रणका क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार निवासी ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्तापाताबाट खसेर घाइते भएका उनको नगर अस्पताल मूलपानीमा प्राथमिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ र बाहिरी चोट भने देखिएको छैन।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, हार्डवेयर, मिठाई, चिया, हिमेस गौतमको फर्निचर, चटपटे तथा किराना, कस्मेटिक र स्टेशनरी गरी १४ वटा व्यवसायिक सटरमा क्षति पुगेको छ।
प्रहरीले आगलागीबाट भएको कुल क्षतिको विस्तृत विवरण मुचुल्का संकलन र प्रारम्भिक अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने जनाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





