

सिमेन्टको बोरामा लुकाइएको २०७ केजी गाँजासहित पिकअप र चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा पिकअपबाट २०७ केजी गाँजा बरामद गरिएको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामा रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजेको समयमा पर्साको विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार बरामद गरिएको गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले गाँजा, पिकअप गाडी र चालक लामालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





