एक वर्षमै १ हजार २६४ प्रहरीको राजीनामा

काठमाडौं — नेपाल प्रहरीमा अनिवार्य अवकाश लिनेभन्दा राजीनामा दिने प्रहरी कर्मचारीको संख्या बढी देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा विभिन्न दर्जाका १ हजार २६४ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबी नारायण काफ्लेले गत एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक जानकारी गराएका हुन्।

प्रवक्ता काफ्लेका अनुसार सोही अवधिमा ६८१ जना प्रहरी कर्मचारीले अनिवार्य अवकाश लिएका छन्। यसरी हेर्दा अनिवार्य अवकाश पाउनेको तुलनामा राजीनामा दिने प्रहरीको संख्या ५८३ ले बढी रहेको छ।

गत आर्थिक वर्षमा नेपाल प्रहरीका २६ हजार ४१५ जना कर्मचारीको सरुवा भएको छ भने ५ हजार २७ जनाको बढुवा गरिएको छ।

यस्तै, सो अवधिमा २ हजार ४८८ जना नयाँ प्रहरी कर्मचारीको नियुक्ति तथा पदस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
183 Shares