तामाकोशी पुलबाट हाम फालेकी महिलाको मृत्यु, केही तल किनारमा भेटियो शव

काठमाडौं । दोलखाको तामाकोशी नदीमाथिको पुलबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ।
वैतेश्वर गाउँपालिका–४ की सितामाया दाहालले शुक्रबार बिहान करिब ७ बजे बगरबास क्षेत्रमा सवारीसाधनबाट ओर्लिएर तामाकोशी नदीमा हाम फालेकी थिइन्। वडा अध्यक्ष कुमार चौलागाईंका अनुसार नदीमा हाम फालेकी दाहालको शव केही तल नदी किनारमा फेला परेको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरीले मृतकका आफन्तलाई खबर गरेको जनाएको छ। शवको मुचुल्का उठाई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय नदी तथा पुलबाट हाम फालेर बेपत्ता हुने घटना दोहोरिन थालेका छन्। बुधबार साँझ करिब ६ः३० बजे काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए।

Facebook Comments Box
TOP
343 Shares