

डा. विकास नेपाल वीर अस्पतालको नयाँ निर्देशक नियुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै जनरल तथा ग्यास्ट्रो सर्जन डा. विकास नेपाललाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेकी छन्। ११औँ तहका चिकित्सक डा. नेपालले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस तथा भारतको एम्सबाट जनरल सर्जरीमा एमएस र पीजीआई चण्डीगढबाट ग्यास्ट्रो सर्जरीमा एमसीएच गरेका छन्।
डा. नेपालले अमेरिकाबाट कोलोरेक्टल सर्जरीमा अब्जरभरसिपसमेत गरेका छन्। उनले सन् २००७ देखि २०१० सम्म त्रिशूली अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरेका थिए भने २०१४ देखि २०१७ सम्म त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जनरल सर्जरीका सहायक प्राध्यापकका रूपमा कार्यरत थिए।
सन् २०१७ देखि वीर अस्पतालमा प्रमुख कन्सल्टेन्ट सर्जन तथा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत डा. नेपालले अस्पतालको नयाँ नेतृत्व सम्हाल्ने भएका हुन्। उनको नियुक्तिसँगै वीर अस्पतालको प्रशासनिक तथा स्वास्थ्य सेवा व्यवस्थापनमा नयाँ नेतृत्व आएको छ।
यसैगरी वीर अस्पतालको सहायक निर्देशकमा ईएनटी सर्जन डा. अनिता जिसी र प्लास्टिक सर्जन डा. अपार लामिछाने नियुक्त भएका छन्।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





