बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात, एक युवक पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान बानेश्वर क्षेत्रमा ड्युटीमा रहेकी महिला प्रहरी जवानले जथाभावी सडक पार गर्न खोजेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। प्रहरीको आग्रहपछि विवाद उत्पन्न हुँदा ती पुरुषले महिला प्रहरी जवानमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
389 Shares