

मोहम्मद पैगम्बरको १५०१औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहिवसल्लम (रसुल) को १५०१औँ जन्मजयन्ती आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मुस्लिम समुदायले पैगम्बर मोहम्मदलाई आफ्नो प्रमुख सन्देष्टा तथा मार्गदर्शकका रूपमा श्रद्धापूर्वक मान्ने गर्छन्। इस्लामिक धार्मिक परम्पराअनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उहाँ मदिना पुग्नुभएको थियो।
पैगम्बर मोहम्मदको जन्म भएको करिब ५३ वर्षपछि इस्लामिक पात्रो अर्थात् हिजरी संवत् सुरु भएको धार्मिक मान्यता छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।
मुस्लिम धर्मावलम्बीका लागि मक्का र मदिना अत्यन्त पवित्र धार्मिक स्थलका रूपमा रहेका छन्। पैगम्बर मोहम्मदले आफ्ना उपदेश तथा धार्मिक सन्देश दिने क्रममा कुरान अवतरित भएको मुस्लिम समुदायको विश्वास छ।
जन्मजयन्तीका अवसरमा मुस्लिम समुदायले आज विभिन्न स्थानमा धार्मिक सभा, प्रवचन, र्याली तथा शुभकामना आदानप्रदानलगायत कार्यक्रम आयोजना गर्दैछन्। यस अवसरमा पैगम्बर मोहम्मदका शिक्षालाई स्मरण गर्दै शान्ति, सद्भाव, भाइचारा र मानव कल्याणको सन्देश प्रवाह गर्ने गरिन्छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





