

नेपालको विपद्प्रति बंगलादेशी संसदमा शोक, मृतकप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति बंगलादेशको संसदले गहिरो दुःख व्यक्त गरेको छ।
बंगलादेशी संसदको बैठकमा नेपालमा प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको हो।
संसदले विपद्मा परी ज्यान गुमाउनेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहत कार्य सफलतापूर्वक अघि बढोस् भन्ने कामना गरेको छ।
रसुवामा आएको भीषण बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्पछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
नेपालको दुःखमा छिमेकी मुलुक बंगलादेशको संसदले व्यक्त गरेको ऐक्यबद्धता र समवेदनाले विपद्को यस कठिन घडीमा दुई देशबीचको मानवीय सम्बन्ध र सहकार्यको भावनालाई थप उजागर गरेको छ।
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





